सोनम वाङ्चुकको स्वास्थ्य अवस्था  हरेक दिन जाँच गराउन केन्द्र सरकारलाई दिल्ली उच्च अदालतको आदेश

अदालतले उनको बिग्रँदो अवस्थालाई हेर्दै कुनै प्रकारको उपचार आवश्यक भए सरकारलाई त्यसको व्यवस्था गर्न पनि भनेको छ ।

असार ३२, २०८३

एजेन्सी

Delhi High Court orders Centre to check Sonam Wangchuk's health condition every day

नयाँ दिल्ली — दिल्ली उच्च अदालतले सोनम वाङ्चुकको स्वास्थ्य स्थितिबारे हरेक दिन जाँच गराउन निर्देशन दिएको छ । 

बिहीबार अदालतले केन्द्र सरकारका नाममा निर्देशन जारी गर्दै पर्यावरण अभियन्ता वाङ्चुकको स्वास्थ्य हरेक दिन चिकित्सकहरुद्वारा जाँच गराउन भनेको हो । 

अदालतले उनको बिग्रँदो अवस्थालाई हेर्दै कुनै प्रकारको उपचार आवश्यक भए सरकारलाई त्यसको व्यवस्था गर्न पनि भनेको छ । 

उच्च अदालतका मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्याय र न्यायाधीश तेजस करियाको इजलासले एक जनयाचिकाको सुनुवाए गर्दै केन्द्र सरकारका नाममा उक्त निर्देशन दिएको हो । उक्त निवेदनमा वाङ्चुकको तत्काल उपचारको माग गरिएको थियो ।

‘लाइभ ल’ का अनुसार अदालतले भनेको छ, ‘हरेक नागरिकको जीवन अमूल्य हो र उसलाई बचाउनका लागि सरकारले हरसम्भव प्रयास गर्नु आवश्यक हुन्छ ।’

केन्द्र सरकारका तर्फबाट पेश भएका सोलिसिटर जनरल तुषार मेहताले सरकारी डाक्टर र मेडिकल विशेषज्ञले लगातार वाङ्चुकको स्वास्थ्य अवस्थाको निगरानी गरिएको विश्वास व्यक्त गरे । वाङ्चुक गत जुन २८ देखि आमरण अनसनमा छन् । चिकित्सकका अनुसार अनसनको १९औं दिनसम्म आइपुग्दा वाङचुकको तौल ९ किलोग्रामभन्दा बढीले घटेको छ । यद्यपि उनको शरीरमा पानीको मात्रा भने हाल स्थिर रहेको बताइएको छ ।

एजेन्सी

Link copied successfully