अमेरिकी सेनाको खर्च बढाउन गरिएको प्रस्ताव सिनेटमा असफल, विपक्षीद्वारा चर्को विरोध

यस वर्ष रक्षा बजेट बढाएर १ दशमलव १५ ट्रिलियन डलर पुर्‍याउन प्रस्ताव गरिएको विधेयक संख्या नपुग्दा छलफलमा जान सकेन

असार ३१, २०८३

एजेन्सी

Proposal to increase US military spending fails in Senate, fierce opposition

वासिङ्टन — अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीका सिनेटरहरुले इरान युद्ध र इजरायलसँग नजिकिदों ट्रम्प प्रशासनको सम्बन्धको विरोध गर्दै रक्षा नीति विधेयकलाई असफल बनाएका छन् ।

मंगलबार नेशनल डिफेन्स अथोराइजेशन एक्ट (एनडिएए_ लाई सिनेटमा बहसका लागि अघि बढाउन गरिएको प्रस्तावका पक्षमा ५० जना र विपक्षमा ४६ जनाले मत खसाले ।

१ सय सिनेटरमध्ये कम्तिमा ६० जनाले समर्थन गरेपछि मात्रै यो विधेयकलाई बहसमा लैजान मिल्छ ।

यस नीति विधेयकमा अमेरिकी सेनालाई सुदृढ बनाउनका लागि तलबसुविधा वृद्धि तथा सैन्य उपकरणमा लगानी गर्ने विषयहरु उल्लेख छन् । विधेयकमा यस वर्ष रक्षा बजेट बढाएर १ दशमलव १५ ट्रिलियन डलर पु¥याउन प्रस्ताव गरिएको छ ।

ट्रम्पले इरानमा अवैध लडाँइ लडिरहेका बेला खर्च वृद्धिको यो कानुन पास गरेर अघि बढ्न नसकिने स्पष्ट धारणा डेमोक्रेटिक सिनेटरहरुले राखे ।

केही सिनेटरहरुले इजरायलसँगको गुप्तचर सहकार्यलाई गहिरो बनाउनेगरी तयार गरिएका केही प्रावधानहरुको चर्को विरोध गरे ।

सिनेटका माइनोरिटी लिडर चुक सुमरले यो विधेयकले ट्रम्प प्रशासनलाई संसद्को स्विकृति र निगरानी बिना नै इरानमाथि सैन्य कारबाही गर्ने अनुमति दिन लागेको बताए ।

यसअघि अमेरिकाका दुईवटै सदनबाट युद्ध शक्ति संकल्पपारित भएको थियो । जसअनुसार राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैनिक कारबाही गर्दा सदनको अनुमति लिनुपर्छ ।

तर१७ जुनमा इरानसँग युद्धविराम गरेका ट्रम्पले अहिले सदनलाई जानकारी नै नदिई फेरि लडाँइ सुरु गरेका हुन् ।

त्यहीकारण डेमोक्रेटिक सांसद्हरुले यस युद्धलाई ट्रम्पले थालेको अवैध युद्धका रुपमा चित्रण गर्ने गरेका छन् ।

सदनबाहिर १४ वटा जन अधिकारवादी संस्थाको गठबन्धन तथा विदेश नीति र युद्धविरोधी संगठनहरुले पनि एनडिएए विधेयकको विरोध गर्न आव्हान गरेका छन् । 

एजेन्सी

Link copied successfully