फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्याएको दाबी गरे ।
वासिङ्टन — वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी अमेरिकी सैन्य कारबाहीपछि ९० प्रतिशत निष्क्रिय भएको दाबी गरेका छन् । उनले इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताए ।
यो दाबी अमेरिकाले हर्मुज जलमार्गमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको हो ।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्याएको दाबी गरे । उनका अनुसार इरानको नौसैनिक र वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको छ ।
ट्रम्पले इरानका प्रमुख रणनीतिक सैन्य कमान्डरहरू कारबाहीका क्रममा मारिएको दाबी गर्दै वर्तमान सर्वोच्च नेता मोज्ताबा खोमेनी फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा गम्भीर रुपमा घाइते भएको र ९० प्रतिशत समाप्त भएको दाबी गरे ।
उक्त आक्रमणमा मोज्ताबाका पिता तथा तत्कालीन सर्वोच्च नेता अली खोमेनीको मृत्यु भएको थियो । उक्त आक्रमणमा लागेको गम्भीर चोटको उपचारमा यस महिनाको सुरुमा इरान तथा इराकमा आयोजित सार्वजनिक आफ्ना बाबुको अन्त्येष्टि कार्यक्रममा पनि मोज्ताबा अनुपस्थित रहेको ट्रम्पले दाबी गरे ।
यसैबीच ट्रम्पले अमेरिकाले ‘इरानी नाकाबन्दी’ पुनः लागू गर्ने तथा हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न व्यापारिक जहाजबाट शुल्क असुल्ने नीति अघि बढाएको जानकारी दिए।
उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा अमेरिका अब ‘हर्मुज जलघाँटीको संरक्षक’ को भूमिकामा रहने उल्लेख गर्दै इरानी जहाज तथा इरानसँग सम्बन्धित कार्गोको आवतजावत रोक्ने, तर अन्य मुलुकलाई जलमार्गको स्वतन्त्र प्रयोग गर्न दिने दाबी गरे ।
यी अभिव्यक्ति अमेरिका र इरानबीच पछिल्लो एक साता नभएका मिसाइल आक्रमण र प्रत्याक्रमणका घटनापछि आएको हो । जुन १७ मा दुई देशबीच भएको अन्तरिम सम्झौतालाई यी आक्रमणहरुले जोखिममा पारेको छ ।
अमेरिकाले मंगलबार इरानका अबादान र माशहर शहरमा हवाई आक्रमण गरेको छ । त्यसैगरी इरानले पश्चिम एसियामा मोबाइल नेटवर्कहरु ह्याक गरेर अमेरिकी सैनिकहरुको ट्रयाक गर्न थालेको फाइनान्सियल टाइम्स पत्रिकाले जनाएको छ । अमेरिकी सांसद्हरु यस विषयले सतर्क देखिएका छन् ।
ओमानका विदेशमन्त्री बदर बिन हमाद अल बुसाइदीले इरान युद्ध सबैका लागि बर्बादीमात्रै भएको धारणा राखेका छन् । 'राष्ट्रसंघबाट म्यान्डेट नलिई गरिएको यो युद्ध विध्वंश हो । यसमा कसैले पनि लक्ष्य हासिल गरेका छैनन्,' उनले एक फ्रान्सेली पत्रिकामा लेखेका छन् ।
पश्चिम एसियामा तेहरानभन्दा धेरै क्षेत्रीय खतरा तेल अभिभले उत्पन्न गराएको धारणा उनले व्यक्त गरेका छन् ।
