पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेका छन्

असार ३०, २०८३

एजेन्सी

Nine killed, 14 injured in heavy rains in Pakistan

इस्लामाबाद — पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार  भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा  बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना उक्त घरको भग्नावशेष मुनि फसेका छन् ।  

कोहाट र काराक जिल्लाका उद्धार टोलीहरूले उद्धार अभियान अन्तरगत सबै पीडितहरूलाई भग्नावशेषबाट सफलतापूर्वक उद्धार गरेर उपचारका लागि नजिकैको अस्पतालमा लगेको जनाइएको छ ।

मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर रहेको अधिकारीले बताएका छन् । 

पाकिस्तानका धेरै भागहरूमा आएको मनसुनी वर्षाले निरन्तर बाढी निम्त्याउदा पूर्वाधारलाई क्षति पुग्नुका साथै दैनिक जीवनयापनमा समेत बाधा पुगेको जनाइएको छ ।

यसअघि प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनमा बाँधबाट थप पानी छोड्न सक्ने चेतावनी दिएको थियो ।

एजेन्सी

Link copied successfully