अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार टर्किए (टर्की) मा भएको नेटो शिखर सम्मेलनको साइडलाइनमा सिरियाका राष्ट्रपति अल-शरासँग भेट गरेका थिए ।
काठमाडौँ — अमेरिकाले सिरियालाई 'आतंकवादको प्रायोजक राज्य' सूचीबाट हटाउने बताएको छ। अमेरिकाले यस्तो सुचीमा राख्दा सिरियामा वैदेशिक लगानी भित्र्याउन समस्या थियो ।
बुधबार प्रकाशित एक विज्ञप्तिमा विदेश मन्त्री मार्को रुबियोले भने, 'सिरियाली जनतालाई महानताको अवसर दिन राष्ट्रपति ट्रम्पले चालेको यो अर्को एउटा ऐतिहासिक कदम हो।' लामो समयदेखि प्रतिक्षित यो कदम ४५ दिनमा लागू हुने अमेरिकाले जनाएको छ ।
यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्किए (टर्की) मा भएको नेटो शिखर सम्मेलनको साइडलाइनमा सिरियाका राष्ट्रपति अल-शरासँग भेट गरेपछि आएको हो ।
राष्ट्रपति अल-शरा एक पूर्व विद्रोही हुन् । झन्डै आधा शताब्दीसम्म शासन चलाएको अल-असद परिवारलाई २०२४ मा सत्ताच्युत गरेपछि उनले सिरियालाई पुनर्निर्माणको बाटोमा लैजाने योजना बनाएका छन् । त्यसका लागि राष्ट्रिय एकतालाई प्राथमिकतामा राखिएको उनले बताउँदै आएका छन् ।
रुबियोले भने, 'सिरियामाथिको प्रतिबन्ध हटाउनाले अन्तर्राष्ट्रिय व्यापार र लगानीको ढोका खोल्नेछ । सिरियालाई पुनर्निर्माणको अवसर दिनेछ र सिरियाली जनताका लागि नयाँ अध्यायको सुरुवात गर्नेछ। एउटा स्थिर, एकजुट र आफू तथा आफ्ना छिमेकीहरूसँग शान्तिमा रहेको सिरियाले यस क्षेत्रलाई मात्र नभई सम्पूर्ण विश्वलाई फाइदा पुर्याउँछ।'
इजरायलको असन्तुष्टिका बाबजुद ट्रम्पले अल-शरालाई गरेको यो समर्थन दिएका हुन् । इजरायलले सिरियामा बारम्बार हवाई आक्रमण गर्दै आएको छ।
ट्रम्पले यसअघि सिरियालाई इजरायलसँग शान्ति कायम गर्न सार्वजनिक रूपमा दबाब दिएका थिए । तर कुनै ठोस प्रगति नभए तापनि उनी सूचीबाट हटाउने निर्णयमा अघि बढे । ट्रम्पले अल-शराको प्रशंसा गरेका छन् । टर्कीको अंकारामा ट्रम्पले भने, 'उनले सिरियालाई एकताबद्ध गर्न अविश्वसनीय काम गरिरहेका छन्। उनले निकै उत्कृष्ट काम गरिरहेका छन् । '
