पश्चिम एसियामा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह

पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिचको नयाँ द्वन्द्व “कसैको पनि हितमा नभएको जनाएको छ ।

असार २५, २०८३

रासस/एएफपी

Pakistan urges all parties in West Asia to exercise restraint

काठमाडौँ — पश्चिम एसियामा चलिरहेको चरणबद्ध वार्तको प्रयासको बाबजुद पुनः भड्किएको तनावप्रति पाकिस्तानले गहिरो चिन्ता व्यक्त गरे । सबै पक्षलाई संयमता  अपनाई वार्ता र कूटनीतिमार्फत मतभेद समाधान गर्न पाकिस्तानले आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिचको नयाँ द्वन्द्व कसैको पनि हितमा नभएको जनाएको छ । त्यस्तै, यस्ता क्षेत्रीय शान्ति र स्थिरतालाई थप कमजोर पार्ने कार्यहरूबाट टाढा रहन सबै पक्षहरूलाई आह्वान गरेको छ ।

यस क्षेत्रमा शान्तिको साझा लक्ष्य हासिल गर्न निरन्तर संलग्नता, संवाद र कूटनीतिको कुनै  विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

विदेश कार्यालयले सबै पक्षहरूलाई इस्लामाबाद समझदारी ज्ञापनपत्र अनुसार आ–आफ्नो प्रतिबद्धता कायम राख्न आग्रह गर्दै समझदारी पत्रलाई यस क्षेत्रको लागि आपसी साझा समृद्धिको स्थायी आधारको रूपमा वर्णन गरेको छ ।

यसैबीच पाकिस्तान क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्न आफ्नो भूमिका निर्वाह गर्न सधै तयार रहेको समेत जनाएको छ ।

रासस/एएफपी

Link copied successfully