एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

सन् २०२१ अगस्टपछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको सरकारको दाबी

असार २४, २०८३

रासस/एएफपी

More than 76,000 Afghan refugees return home in one month

काठमाडौँ — गत जुन महिनामा करीव ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्केका छन् ।  

अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिकहरु स्वदेश फर्केको जानकारी दिएका हुन् ।

उनीहरुले आफ्नै देशमा राशन, पिउने पानी, औषधि उपचारलगायत अत्यावश्यक सेवाहरु प्राप्त गरिरहेको फितरतले बताए । 

त्यसैगरी, काबुलमा मङ्गलबार भएको उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला  तथा उपप्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का वरिष्ठ अधिकारीहरूसमक्ष सन् २०२१ अगस्टपछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको बताएका छन् । 

रासस/एएफपी

Link copied successfully