इरानसँगको अन्तरिम सम्झौता अन्त्य भयो : ट्रम्प

उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहने बताएका छन् ।

असार २४, २०८३

एजेन्सी

Interim agreement with Iran has ended: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग द्वन्द्व अन्त्य गर्नका लागि हस्ताक्षर गरिएको समझदारी पत्र लगभग  खारेज भएको बताएका छन्। उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहने बताएका छन् ।

नेटो शिखर सम्मेलनमा भाग लिन अंकारा पुगेका ट्रम्पले यस्तो बताएका हुन् । युद्धविरामको बारेमा सोधिएको प्रश्नमा केही बेर रोकिँदै उनले भने, 'मेरो विचारमा यो सकियो। म अब उनीहरूसँग कुनै सम्बन्ध राख्न चाहन्न; तिनीहरू बदमास हुन् । तिनीहरूको नेतृत्व मानसिक रूपमा अस्वस्थ मानिसहरूले गरिरहेका छन्,'  उनले अगाडि भने, 'म हाम्रा वार्ताकारहरूसँग कुरा गर्नेछु, उनीहरू वार्ता गर्न चाहन्छन् ।जहाँसम्म मेरो कुरा छ, यो केवल समयको बर्बादी मात्र हो।'

एजेन्सी

Link copied successfully