चीनमा आँधीबेहरीले ११ जनाको मृत्यु, एक बेपत्ता

प्रकोपका कारण ३३१ जना स्थानीय बासिन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्

असार २३, २०८३

रासस/एएफपी

11 dead, one missing in China storm

काठमाडौँ — मध्य चीनको हुबेई प्रान्तको पूर्वी भागमा आँधीबेहरीका कारण ११ जनाको मृत्यु हुनुका साथै अन्य एक जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी-बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ । आँधीका कारण चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । जसमध्ये  २२ वटा भवनहरू पुर्ण रुपमा क्षतिग्रस्त छन् । 

प्रकोपका कारण ३३१ जना स्थानीय बासिन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारले पूर्ण उद्धार तथा राहत कार्यहरू सुरु गरिसकको र थप प्रकोप रोक्ने प्रयास गरिरहेको जनाएको छ ।

रासस/एएफपी

Link copied successfully