इरान अस्तित्वमै नरहने ट्रम्पको चेतावनी

अमेरिकाले शनिबार इरानका केही क्षेत्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो चेतावनी सार्वजनिक भएको हो ।

असार १४, २०८३

एएफपी

Trump warns Iran will cease to exist

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताएका छन् । 'यदि अमेरिकालाई युद्ध पुनः सुरु गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा रहने छैन,’ ट्रम्पले भने ।

अमेरिकाले शनिबार इरानका केही क्षेत्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो चेतावनी सार्वजनिक भएको हो ।

हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि इरानले गरेको आक्रमणको जवाफमा अमेरिकाले उक्त आक्रमण गरेको थियो । जवाफमा इरानले पनि पश्चिम एसियास्थित अमेरिकाका सैन्य अखडाहरुमा आक्रमण गरेको छ । 

'इरानले फेरि पनि शान्ति सम्झौताको उल्लङ्घन गरेको छ बदलाम अमेरिकाको विमानले इरानी मिसाइल र ड्रोन तथा तटीय राडार भण्डारण स्थलहरूमाथि आक्रमण गरेको छ,' ट्रम्पले लेखेका छन्, 'हामीले जति नै तर्कसङ्गत हुन खोजे पनि, एउटा बिन्दु आउन सक्छ, त्यतिबेला हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ । यदि त्यसो भयो भने, इस्लामिक रिपब्लिक अफ इरान अब अस्तित्वमा रहने छैन !'

एएफपी

Link copied successfully