लेबनान-इजरायल सम्झौतालाई नमान्‍ने हिजबुल्लाहको निर्णय

हिजबुल्लाहका नेता नैम कासिमले इजरायलको कब्जालाई वैधता दिनेगरी लेबनान सरकारले गलत सम्झौता गरेको बताए

असार १४, २०८३

एजेन्सी

Hezbollah's decision to reject the Lebanon-Israel agreement

काठमाडौँ — हिजबुल्लाहका नेता नैम कासिमले लेबनान र इजरायलबीच अमेरिकाको वासिङटन डिसीमा भएको सम्झौता नमान्ने घोषणा गरेका छन् । उनले उक्त सम्झौता अपमानजनक, लज्जाजनक र सार्वभौमसत्ताको आत्मसमर्पणसिवाय अरु केही नरहेको बताए । 

सम्झौताका बाबजुद शनिबार इजरायलको आक्रमणमा परेर दक्षिणी लेबनानमा एक व्यक्तिको मृत्यु भएको र दुईजना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । यस घटनाको छोटो समयमै हिजबुल्लाहले आफ्नो आधिकारीक अभिव्यक्ती सार्वजनिक गरेको हो ।

शुक्रबार भएको सम्झौतामा इजरायलले लेबनानबाट सैनिक हटाउने र हिजबुल्लाहलाई निशस्त्रीकरण गरिने उल्लेख थियो । तर इजरायलको कब्जालाई हिजबुल्लाहको प्रतिरोधसँग जोड्न नमिल्ने काशिमले जनाए । 

 ‘हामी इजरायली कब्जालाई परास्त गर्नका लागि प्रतिरोध गर्नेछौं । हामी कठिन अवस्थामा मैदान छाड्ने छैनौं र आफ्नो प्रतिरोध स्थगित गर्नेछैनौ,’ कामिसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हिजबुल्लाहका नेता कासिमले इजरायलको कब्जालाई वैधता दिनेगरी लेबनान सरकारले गलत सम्झौता गरेको बताए । उनले यस सम्झौतापछि भविष्यमा इजरायलले थप भूभाग कब्जा गर्नसक्नेतर्फ पनि बताए । 

विगतमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, अर्थतन्त्री बेजालेल स्मोटरिच र अन्य अधिकारीहरुले हिजबुल्लाहको निशस्त्रीकरणका बाबजुद पनि इजरायली सेना लेबनानमा कब्जा गरिएका भूभागमा बस्नसक्ने बताएका थिए । 

‘हिजबुल्लाहको निसस्त्रीकरण नभएसम्म हामी त्यहाँ हुनेछौं । मेरो विचारमा तयसपछि पनि हुनेछौं किनकी हामीले सीमाको रक्षा गर्नुपर्छ,’ स्मोटरिचले यसै साताको सुरुवातमा भनेका थिए ।  

शुक्रबार लेबनान र इजरायलबीच अमेरिकाको मध्यस्थतामा युद्ध रोक्ने सम्झौता हुनासाथ हिजबुल्लाह समर्थकहरुले बेरुतमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले टायर बालेर बाटो अवरूद्ध गरे । 

एजेन्सी

Link copied successfully