राजधानी काराकासमा उद्धारकर्मीहरू भत्किएका भवनहरूको भग्नावशेषमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्
काराकास — भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा १६४ जनाको मृत्यु भएको कार्यवहाक राष्ट्रपति डेल्सी रोड्रिगेजले पुष्टि गरेकी छिन् । त्यस्तै कम्तिमा ९ सय ७१ जना घाइते भएको उनले बताएकी छिन् ।
राजधानी काराकासमा उद्धारकर्मीहरू भत्किएका भवनहरूको भग्नावशेषमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्। केही स्थानमा भग्नावशेषभित्र फसेका मानिसहरू सहायताका लागि चिच्याइरहेका आवाजहरू सुनिएको उद्धारकर्मीले बताएका छन् ।
रोड्रिगेजका अनुसार राजधानीको उत्तरमा रहेको ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ दर्जनौँ भवनहरू भत्किएका छन् । तर क्षतिको विवरण आइसकेको छैन ।
