उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

जल तथा मौसम विज्ञान विभागले सुनामीको कुनै खतरा नरहेको जनाएको छ ।

असार ११, २०८३

रासस/एएफपी

7.2-magnitude earthquake hits northeastern Japan, 4 injured

टोकियो — उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ ।  जापानको जल तथा मौसम विज्ञान विभागले प्यासेफिक तटमा ४४ किलोमिटर गहिराइमा भूकम्प गएको जनाएको छ । तर, सुनामीको कुनै खतरा नरहेको विभागले जनाएको छ । 

हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । विभागले आगामी हप्तासम्म जनतालाई सतर्क रहन आग्रह गरेको छ ।

उच्च भूकम्पीय गतिविधि जोखिमयुक्त राष्ट्रका रुपमा चिनिने जापान चार टेक्टोनिक प्लेटहरूको छेउमा अवस्थित छ । त्यस्तै, १०० वटा सक्रिय ज्वालामुखीहरूको उपस्थति छन् । 

यसअघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीको कारण १५ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।

रासस/एएफपी

Link copied successfully