सम्झौताका बाबजुद इरानका सभामुखले भने–हर्मुज स्ट्रेटमा शुल्क उठाइनेछ

दुवै पक्षबीच भएको सम्झौतामा इरान हर्मुज स्ट्रेट हुँदै जाने कुनै जहाजमा शुल्क नलिने उल्लेख छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Despite agreement, Iran's parliament speaker says tolls will be levied in Strait of Hormuz

काठमाडौँ — अमेरिका र इरानबीच बुधबार सम्झौतामा हस्ताक्षर भइसकेको छ । तर यसैबीच इरानी संसद्‌का सभामुख मोहम्मद बगर गालिबाफले हर्मुज स्ट्रेटमा शुल्क असुल्ने बताएका छन् । 

दुवै पक्षबीच भएको सम्झौतामा इरान हर्मुज स्ट्रेट हुँदै जाने कुनै जहाजमा शुल्क नलिने उल्लेख छ । गालिबाफले सरकारी टेलिभिजनमा दिएको अन्तर्वार्तामा हर्मुज स्ट्रेट युद्धभन्दा अघिको अवस्थामा कुनै हालतमा नफर्किने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । 

उनले भनेका छन्, ‘हर्जुजमा इरानको संप्रभुत्ताको अधिकार छ । यसै कारण पनि यहाँबाट सेवा लिनेहरुबाट शुल्क लिइनेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको एभियन–ले बेसमा जी–७ शिखर सम्मलेनमा सहभागी हुने क्रममा इरान युद्ध अन्त्यका लागि हस्ताक्षर गरेका छन् । १४ बुँदा रहेको यस सम्झौतालाई मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू) भनिएको छ । सम्झौता अनुसार इरानले कहिले पनि परमाणु हतियार बनाउन पाउने छैन । 

कान्तिपुर

Link copied successfully