मुजफ्फरपुरस्थित निजी अस्पतालको आईसीयूमा आगलागी, कम्तीमा तीन जनाको मृत्यु

बिहीबार बिहान करिब ३ बजे आगलागी भएपछि धेरै बिरामीलाई अन्य अस्पतालमा सारिएको छ।

जेष्ठ २१, २०८३

इकान्तिपुर डेस्क

Fire in ICU of private hospital in Muzaffarpur, at least three dead

काठमाडौँ — भारतको बिहारको मुजफ्फरपुरस्थित एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार जिल्लाको प्रसाद अस्पतालमा उक्त घटना भएको हो। जिल्ला प्रशासनका अनुसार आईसीयूमा लागेको आगोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ।

पछि बिहारका उपमुख्यमन्त्री सम्राट चाैधरीले चार जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

आगलागीबाट थप व्यक्तिहरू प्रभावित भएको आशंका छ। केही सञ्चारमाध्यमले मृतक संख्या करिब १० पुगेको र धेरै घाइते भएको उल्लेख गरेका छन्। मृतक तथा घाइतेमध्ये अधिकांश अस्पतालमा भर्ना भएका बिरामी रहेको बताइएको छ।

बिहीबार बिहान करिब ३ बजे आगलागी भएपछि धेरै बिरामीलाई अन्य अस्पतालमा सारिएको छ।

जिल्ला प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको कारण सर्ट सर्किट देखिएको छ। यद्यपि, घटनाको पूर्ण विवरण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।

इकान्तिपुर

Link copied successfully