ओदेह महिनौदेखि इजरायली सुरक्षा फौजको निगरानीमा रहेको इजरायलले जनाएको छ । हमासले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।
इस्तानबुल — प्यालेस्टिनी विद्रोही संगठन हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदेह मारिएको दाबी इजरायलले गरेको छ । यसअघि मेइ १५ मा इजरायली हवाई हमलामा हमासका पूर्व कमाण्डर इज अल दिन अल हदाद मारिएपछि ओदेह नयाँ कमाण्डर नियुक्त भएका थिए ।
स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा शहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तिमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।
ओदेह महिनौदेखि इजरायली सुरक्षा फौजको निगरानीमा रहेको इजरायलले जनाएको छ । हमासले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।
अक्टोबरमा हमाससँग युद्धविराम भएपनि गाजामा इजरायलले पटक–पटक युद्धविराम उल्लंघन गरेको छ । मंगलबार इद अल–अदाको पूर्वसन्ध्यामा मानिसहरु गाजा शहरमा किनमेलमा व्यस्त रहेका बेला अल–कायाली भवनको माथिल्ला तीन तलाहरूमा इजरायलले आक्रमण गरेको थियो ।
उक्त स्थानमा ओदेह लुक्ने गरेको सुचनाका आधारमा आक्रमण गरिएको दाबी इजरायलले गरेको छ ।
