इरानमा १० भारतीय जहाजचालक रिहा 

ती सदस्यहरू जुलाई २०२५ मा जास्क बन्दरगाहनजिकैबाट पक्राउ परेका थिए । उनीहरुको पक्राउ र रिहाइबारे थोरैमात्र जानकारी सार्वजनिक भएको छ ।

जेष्ठ १३, २०८३

रासस

10 Indian sailors released in Iran

काठमाडौँ — जुलाई २०२५ मा इरानमा पक्राउ परेका दस जना भारतीय जहाज चालक दलका सदस्यलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको  भारतले जनाएको छ ।

भारतको समुद्री यातायात महानिर्देशालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका चालक दलका ती सदस्यहरू जुलाई २०२५ मा जास्क बन्दरगाहनजिकैबाट पक्राउ परेका थिए । उनीहरुलाई  त्यसपछि हिरासतमा राखिएको थियो । 

महानिर्देशालयले जारी गरेको विज्ञप्तिमा ती जहाजचालकहरु अहिले रिहा भइसकेको र सुरक्षित रहेको जनाएको छ ।  उनीहरूलाई छिट्टै भारत फर्काउन आवश्यक समन्वय भइरहेको पनि जनाएको छ ।

इरानी सुरक्षा निकायहरूले खाडी क्षेत्रमा अवैध इन्धन ओसारपसारमा संलग्न जहाजहरूलाई नियमित रूपमा रोक्ने गरेको घोषणा गर्दै आएका छन् । यसै सन्दर्भमा उक्त ट्याङ्कर पनि निगरानीमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

भारतले जहाज चालकहरुको रिहाइका लागि सालीन कूटनीति अपनाउँदै सार्वजनिक रूपमा कम टिप्पणी गर्ने नीति लिएको थियो । उनीहरूलाई किन पक्राउ गरिएको हो वा जहाजसँग सम्बन्धित विस्तृत कारण के थियो भन्नेबारे भारतले औपचारिक रूपमा थप विवरण दिएको छैन ।

जहाज ट्र्याकिङ साइटहरूका अनुसार एमभी हार्बर फिनिक्स पलाउ झण्डा भएको तेल उत्पादन ट्याङ्करको रूपमा सूचीबद्ध गरिएको थियो । 

रासस

Link copied successfully