ह्वाइट हाउस नजिकै गोली चलाउने बन्दुकधारी मारिए, ट्रम्प सुरक्षित

घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । उनी सुरक्षित रहेको र त्यसलगत्तै ह्वाइट हाउस क्षेत्रमा ‘लकडाउन’ गरिएको जनाइएको छ ।

जेष्ठ १०, २०८३

इकान्तिपुर डेस्क

Gunman shot dead near White House, Trump safe

काठमाडौँ — अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलाउने एक बन्दुकधारी मारिएका छन् ।

अमेरिकी राष्ट्रपतिको सुरक्षा जिम्मा लिने संघीय निकाय ‘सिक्रेट सर्भिस’का अधिकारीहरूले ती व्यक्तिलाई गोली हानी मारेको अलजजिराले उल्लेख गरेको छ । गोलीबारीमा एक जना सर्वसाधारण पनि घाइते भएका छन् ।

अमेरिकी समयअनुसार शनिबार साँझ ६ बजेतिर संदिग्ध व्यक्ति वासिङ्टन डीसीस्थित १७औं स्ट्रिट र पेन्सिल्भेनिया एभेन्युको चोकमा रहेको ‘सिक्रेट सर्भिस’ जाँच चौकीमा पुगेका थिए । उनले झोलाबाट हतियार निकालेर त्यहाँ खटिएका सुरक्षाकर्मीमाथि गोली चलाउन थालेका थिए ।

‘सिक्रेट सर्भिस’ले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिले हतियार झोलाभित्र लुकाएर ल्याएको जनाएको छ ।

Gunman shot dead near White House, Trump safeसुरक्षाकर्मीहरूले जवाफी फायर गर्दा ती व्यक्ति घाइते भएका थिए । उनलाई नजिकैको अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

गोलीबारीमा घाइते सर्वसाधारण सुरुआती गोली प्रहारबाट घाइते भएका हुन् वा त्यसपछि भएको दोहोरो गोली हानाहानमा परेका हुन् भन्ने अझै स्पष्ट भएको छैन ।

घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । उनी सुरक्षित रहेको र त्यसलगत्तै ह्वाइट हाउस क्षेत्रमा ‘लकडाउन’ गरिएको जनाइएको छ ।

घटनामा ‘सिक्रेट सर्भिस’का कुनै पनि कर्मचारी घाइते भएका छैनन् ।

इकान्तिपुर

Link copied successfully