द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी संकटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् ।

जेष्ठ ७, २०८३

रासस

One civilian died every 14 minutes in conflict zones last year: UN

न्युयोर्क — संयुक्त राष्ट्रसंघले सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणले ज्यान गुमाएको जनाएको छ । जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडकलगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्युबरण गरेको उल्लेख छ ।

विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभइ पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषद्‌लाई जानकारी दिए । 

उनले नागरिकहरू द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताए । संयुक्त राष्ट्रसंघले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वहरूमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमणहरू रेकर्ड गरेको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी संकटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् । 

पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटनाहरू पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षहरूको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोधहरू सिर्जना गर्नाले यस्तो अवस्था आएको बताए ।

रासस

Link copied successfully