भेनेजुएलाका पूर्वमन्त्री तथा मादुरोका निकट साबलाई अमेरिका बुझाइयो

एलेक्स साबलाई फेब्रुअरीमा काराकसमा अमेरिकी र भेनेजुएलाका अधिकारीको संयुक्त कारबाहीमा पक्राउ गरिएको थियो ।

जेष्ठ ३, २०८३

कान्तिपुर संवाददाता

Former Venezuelan minister and Maduro confidant extradited to US

काठमाडौँ — भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट रहेका पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकालाई बुझाइएको छ । एलेक्स साब अर्बपति हुन् । कोलम्बियामा जन्मिएका साब निकोलोस मादुरोका नजिकका मन्त्री थिए । 

यता एलेक्स साबलाई फेब्रुअरीमा काराकसमा अमेरिकी र भेनेजुएलाका अधिकारीको संयुक्त कारबाहीमा पक्राउ गरिएको थियो । उनीविरुद्ध कुन आरोप लगाइएको छ भन्ने स्पष्ट भइसकेको छैन । 

यसअघि एलेक्स साबलाई सन् २०२० मा पश्चिम अफ्रिकी देश काबो वर्देमा पक्राउ थियो । हुन्डी कारोबारको आरोपमा सुनुवाइका लागि उनलाई अमेरिका पठाइएको थियो । तर तीन वर्षपछि उनले सफाइ पाएका थिए । 

गत जनवरीमा अमेरिकाले भेनेजुएलामा विशेष सैन्य अभियान चलाएर निकोलस मादुरोलाई पक्राउ गरेको थियो । र अमेरिका लगिएको थियो । 

त्यहाँ एक अदालतमा सुनुवाइका क्रममा मादुरोले भनेका थिए, ‘हो म निकोलस मादुरो हुँ । म भेनेजुएला गणराज्यको राष्ट्रपति हुँ । र ३ जनवरीमा यहाँ अपहरित भएर बसिरहेको छु । मलाई भेनेजुएलामा कराकासबाट मेरो घरबाट पक्राउ गरिएको थियो ।’

कान्तिपुर

Link copied successfully