इमरान खानकी बहिनीले दिइन् निवेदन, अदालतको आदेशविपरीत जेलमा एक्लै राखिएको आरोप

समाचार एजेन्सी पीटीआईका अनुसार अलीमाले इमरानलाई अदियाला जेलमा ‘लामो समयसम्म एक्लै’ राखिएकोमा चुनौती दिएकी छिन् ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Imran Khan's sister files petition, alleging she was kept in solitary confinement in jail against court order

काठमाडौँ — पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी बहिनी अलीमा खानले इस्लामाबाद उच्च अदालतमा निवेदन दिएकी छिन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार अलीमाले इमरानलाई अदियाला जेलमा ‘लामो समयसम्म एक्लै’ राखिएकोमा चुनौती दिएकी छिन् । उनले यसलाई गैरकानुनी र मानवअधिकारको उल्लंघन बताएकी छिन् । 

पाकिस्तानको डन अखबारका अनुसार अलीमा खानले बिहीबार उच्च अदालतमा उक्त निवेदन दिएकी हुन् । उनले अदालतले ७४ वर्षीय इमरान खानलाई एक्लै राख्ने सजाय नदिएको स्मरण गराएकी छिन् । उनले अल कादिर–ट्रस्ट र तोशाखाना केसमा अदालतले एक्लै राख्न निर्देशन दिएको बताएकी छिन् । 

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान ५ अगष्ट २०२३ देखि लगातार जेलमा बन्दी रहेका छन् । उनलाई तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको थियो । त्यसबेलादेखि उनी रावलपिन्डीस्थित अदियाला जेलमा सजाय काटिरहेका छन् । 

कान्तिपुर

Link copied successfully