बेइजिङमा अन्तिम चरणको वार्ताका लागि ट्रम्प र सी पुनः भेट्दै

यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सीले इरानलाई सैन्य उपकरण उपलब्ध नगराउने प्रतिबद्धता जनाएको बताएका थिए ।

जेष्ठ १, २०८३

इकान्तिपुर डेस्क

Trump and Xi meet again in Beijing for final round of talks

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राजकीय भ्रमण समापन गर्ने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अन्तिम चरणको वार्ता गरिरहेका छन् ।

यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सीले इरानलाई सैन्य उपकरण उपलब्ध नगराउने प्रतिबद्धता जनाएको बताएका थिए ।

अमेरिकी राष्ट्रपतिले चीनले हर्मुज  जलमार्ग पुनः खुला होस् भन्ने चाहेको र बेइजिङले अमेरिकाबाट तेल खरिद गर्न सहमति जनाएको पनि बताएका छन् ।

बिहीबार सीले अमेरिका–चीन सम्बन्धलाई विश्वकै 'सबैभन्दा महत्वपूर्ण' सम्बन्धको संज्ञा दिएका थिए भने ट्रम्पले वार्तालाई 'अत्यन्त सकारात्मक' बताएका थिए ।

यसअघि ह्वाइट हाउसले करिब दुई घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरानलगायतका विषयमा छलफल भएको जनाएको थियो ।

इकान्तिपुर

Link copied successfully