ट्रम्प बेइजिङ पुगेका बेला सीको चेतावनी :  ताइवानका कारण अमेरिका–चीनबीच द्वन्द्व हुनसक्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको विषयलाई लिएर अमेरिकासँग ‘द्वन्द्व’ हुन सक्ने चेतावनी दिएका छन् ।

वैशाख ३१, २०८३

इकान्तिपुर डेस्क

Xi warns as Trump arrives in Beijing: Taiwan could lead to conflict between US and China

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको विषयलाई लिएर अमेरिकासँग ‘द्वन्द्व’ हुन सक्ने चेतावनी दिएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उनले यसलाई ‘चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ बताएको उल्लेख गरेको छ । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भ्रमणका क्रममा बेइजिङमै छन् ।

‘यदि यसलाई सही ढंगले व्यवस्थापन गरियो भने द्विपक्षीय सम्बन्ध सामान्य रूपमा स्थिर रहन सक्छ,’ सीले भनेका छन्, ‘तर, यदि ठीकसँग सम्हालिएन भने दुई देश आपसमा ठोक्किन वा द्वन्द्वमासमेत जान सक्छन्, जसले सम्पूर्ण चीन–अमेरिका सम्बन्धलाई अत्यन्त खतरनाक अवस्थामा पुर्‍याउन सक्छ ।’

सीले ताइवानको स्वतन्त्रता ताइवान जलमार्गकाे शान्तिसँग मूलतः असंगत रहेको बताएका छन् ।

साथै, ताइवान जलडमरूमध्य क्षेत्रमा शान्ति कायम रहनु ‘चीन र अमेरिकाबीचको सबैभन्दा ठूलो साझा आधार’ भएको पनि उनले बताएका छन् ।

इकान्तिपुर

Link copied successfully