बेइजिङ आइपुगे ट्रम्प, बिहीबार सीसँग भेट्ने

ट्रम्पले दुई दिने भ्रमणका क्रममा बिहीबार द गेट हल अफ द पिपुलमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम छ ।

वैशाख ३०, २०८३

एजेन्सी

Trump arrives in Beijing, will meet with Xi on Thursday

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उच्चस्तरीय भ्रमणका लागि बुधबार साँझ चीन आइपुगेका छन् । अमेरिकी राष्ट्रपतिको विमान एयर फोर्स वान बेइजिङमा उत्रदाँ चीनका उपराष्ट्रपति हान जेङसहितका वरिष्ठ अधिकारीहरूले भव्य स्वागत गरेका छन् । 

ट्रम्पले दुई दिने भ्रमणका क्रममा बिहीबार द गेट हल अफ द पिपुलमा चीनका राष्ट्रपति सी चीन फिङसँग भेट्ने कार्यक्रम छ । शुक्रबार उनी अमेरिका फर्कने कार्यक्रम छ । सीसँगको भेटमा प्रविधि, इरान युद्ध, व्यापारलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

९ वर्षपछि अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गरेका हुन् । यसअघि सन् २०१७ मा पहिलो कार्यकालमा ट्रम्प बेइजिङ भ्रमणमा आएका थिए ।

ट्रम्पसँगै टेस्लाका सिइओ एलन मस्क, एन भिडियाका सिइओ जेन्सन हुआङ, एप्पलका सिइओ टिम कुकलगायत झन्डै १६ वटा कम्पनीका सिइओहरु चीन भ्रमणमा आएका छन् । ‘म अति क्षमतावान् राष्ट्रपति सीलाई चीन खुला गर्नका लागि भन्ने छु । ताकि, यी उत्कृष्ट व्यक्तिहरूले आफ्नो जादू देखाउन सकुन् र जनगणतन्त्र चीनलाई अझै माथिल्लो स्तरमा पुर्‍याउन सहयोग गरुन्,’ बेइजिङ अवतरण गर्नु केही अघि सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए । 

चिनियाँ विदेश मन्त्रालयले दुई देशीय सम्बन्ध र विश्व शान्ति तथा विकासका विषयमा दुई नेताबीच गहिरो छलफल हुने जनाएको छ । 

एजेन्सी

Link copied successfully