पश्चिम बंगाल निर्वाचन : मुख्यमन्त्री ममता बेनर्जी पराजित

बेनर्जी सन् २०११ देखि लगातार १५ वर्ष पश्‍चिम बंगालको मुख्यमन्‍त्री रहिन् ।

वैशाख २१, २०८३

कान्तिपुर संवाददाता

West Bengal Election: Chief Minister Mamata Banerjee defeated

काठमाडौँ — पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी विधानसभा निर्वाचनमा पराजित भएकी छिन् । भवानीपुरमा उनलाई भारतीय जनता पार्टी (भाजपा) का सुवेन्दु अधिकारीले झन्डै १५ हजार १ सय ५ मतले हराएको भारतीय सञ्चारमाध्यम टेलिग्राफ इन्डियाले जनाएको छ ।

निर्वाचनमा भाजपाले स्पष्ट बहुमत ल्याएको छ ।  हिन्दूस्तान टाइम्समा प्रकाशित पछिल्लो मतपरिणामअनुसार भाजपा १ सय ७६ सिटमा विजयी भएको छ । त्यस्तै ३३ सिटमा अग्रता बनाएको छ । बेनर्जीको त्रिणमुल कंग्रेस (टिएमसी) ले ६० सिट जितेको छ भने थप १८ सिटमा अग्रता बनाएको छ । 

सन् २०११, २०१६ र २०२१ गरी लगातार तीनवटा निर्वाचनमा बहुमत ल्याएर बेनर्जी नेतृत्वमा टिएमसीले बंगालमा सरकार चलाएको थियो । यस निर्वाचन परिणामले टिएमसीलाई प्रतिपक्षमा पुर्याएको छ । 

कान्तिपुर

Link copied successfully