विधानसभा निर्वाचनको प्रारम्भिक गणना : पश्चिम बंगाल र आसाममा भाजपा, तमिलनाडुमा टिभिके अगाडि

तमिलनाडुमा अभिनेता विजय थलपतिको टिभिके अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वैशाख २१, २०८३

एजेन्सी

Preliminary counting of assembly elections: BJP ahead in West Bengal and Assam, TVK ahead in Tamil Nadu

काठमाडौँ — भारतमा चार राज्य तथा एक केन्द्र शासित प्रदेशको विधानसभा निर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक गणनाअनुसार पश्चिम बंगाल र आसाम  राज्यमा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि भाजपा सम्मलित एनडिए गठबन्‍धनकै अग्रता छ । 

तमिलनाडुमा अभिनेता विजय थलपतिको टिभिके अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

पछिल्लो गणनाअनुसार पश्चिम बंगालमा  निर्वाचन सम्पन्न भएका २ सय ९३ सिटमध्ये भाजपा १ सय ५९ सिट र मुख्यमन्त्री ममत बेनर्जीको त्रिणमुल कंग्रेस (टिएसी) १ सय ६ सिटमा अघि रहेको द हिन्दूस्तान टाइम्सले जनाएको छ । 

गत निर्वाचनमा टिएमसीले २ सय १५ सिट र भाजपाले ७७ सिट जितेका थिए । तमिलनाडुमा विजय थलपतिको टिभिके १ सय ६ सिटमा अघि छ । केरलमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको अग्रता छ । 

एजेन्सी

Link copied successfully