पश्चिम बंगालमा भारतीय जनता पार्टीलाई ऐतिहासिक सफलता

मतगणना जारी रहदाँ भाजपा १ सय ३९ क्षेत्रमा विजयी भइसकेको छ । त्यस्तै, ६९ क्षेत्रमा अघि छ ।

वैशाख २१, २०८३

कान्तिपुर संवाददाता

Historic victory for Bharatiya Janata Party in West Bengal

काठमाडौँ — भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी (भाजपा) बहुमततर्फ अग्रसर भएको छ । २ सय ९४ निर्वाचन क्षेत्रमध्ये २३ र २९ अप्रिलमा २ सय ९३ क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो । 

मतगणना जारी रहदाँ भाजपा १ सय ३८ क्षेत्रमा विजयी भइसकेको छ । त्यस्तै, ६९ क्षेत्रमा अघि छ । अहिलेको मतपरिणाम हेर्दा भाजपाले २ सयभन्दा धेरै सिट ल्याउने देखिन्छ । सन् २०२१ मा भाजपाले ७७ सिट जितेको थियो । 

त्यसबेला २ सय १५ सिट जितेको त्रिणमुल कंग्रेस (टिएमसी) ले यसपटकको निर्वाचनमा राम्रो धक्का व्यहोरेको छ । अहिलेसम्मको मतगणनाअनुसार टिएमसी ४८ सिटमा विजयी भएको छ । २६ सिटमा अग्रता छ । 

कंग्रेस आई २ स्थानमा विजयी भएको छ भने बाममोर्चाले १ स्थान जितेको छ । 

कान्तिपुर

Link copied successfully