भारतमा विधानसभा चुनावको मतगणना सुरु, पश्चिम बंगालमा बीजेपी अघि

डेटानेटका अनुसार टीएमसी १२७ सिटमा र बीजेपीले १४७ सिटमा अग्रता लिइरहेको छ।

वैशाख २१, २०८३

इकान्तिपुर डेस्क

Counting of votes begins in India's assembly elections, BJP ahead in West Bengal

काठमाडौँ — भारतका विभिन्न ५ राज्यमा भएको विधानसभा चुनावको मतगणना सुरु भइसकेको छ।

प्रारम्भिक नतिजाअनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) भन्दा अघि देखिएको छ।

डेटानेटका अनुसार टीएमसीले १२७ सिटमा र बीजेपीले १४७ सिटमा अग्रता लिइरहेको छ।

विभिन्न एग्जिट पोलहरूले सत्तारूढ टीएमसी र बीजेपीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका कारण धेरैजसोको ध्यान पश्चिम बंगालको नतिजातर्फ केन्द्रित छ।

त्यस्तै असममा बीजेपी कांग्रेसभन्दा धेरै अघि छ। प्रारम्भिक नतिजाअनुसार बीजेपी ६६ र कांग्रेस २० सिटमा अगाडि छन्।

तमिलनाडुमा मुख्यमन्त्री एम के स्टालिनको डीएमके ८७ सिटमा अग्रता बनाइरहेको छ भने विपक्षी एआईएडीएमके ३७ सिटमा अघि छ। अभिनेता विजय थलापतिको पार्टी टीभीके २१ सिटमा अगाडि छ।

यस्तै केरलामा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ५० र सत्तारूढ लेफ्ट डेमोक्रेटिक फ्रन्ट ३९ सिटमा अग्रता लिइरहेका छन्।

असम, केरला र पुडुचेरीमा ९ अप्रिलमा मतदान भएको थियो। त्यस्तै तमिलनाडुमा २३ अप्रिलमा मतदान सम्पन्न भएको थियो।

पश्चिम बंगालमा भने दुई चरणमा २३ र २९ अप्रिलमा मतदान भएको थियो।

इकान्तिपुर

Link copied successfully