आइतबार बिहान भएको आगलागीमा ९ जनाको मृत्यु हुनुका साथै १० देखि १५ जनालाई बचाइएको सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
काठमाडौँ — दिल्लीको शाहदरा क्षेत्रको विवेक विहारमा एक चार तले घरमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान भएको आगलागीमा ९ जनाको मृत्यु हुनुका साथै १० देखि १५ जनालाई बचाइएको सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
दुई जना भने घाइते भएका छन् । घटनास्थल पुगेका भारतीय जनता पार्टीका विधायक सञ्जय गोयलले बिहान करिब ४ बजे आगो लागेको दियो ।
एकैछिनमा चारै फ्लोरमा आगो फैलिएको र केही मानिसहरुले ढोका खोल्न नसक्दा ज्यान गुमाएको उनको भनाइ छ । केही शव पूरै तरिकाले जलेको र केही कंकाल मात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले शर्ट सर्किटका कारण आगो लागेको बताएको छ । केही स्थानीयले भने एसीमा धमाका भएपछि आगो फैलिएको बताएका छन् ।