एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको मृत्यु

एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ

वैशाख २०, २०८३

रासस

9 killed in fire after AC explosion

काठमाडौँ —

आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको । त्यस्तै, कम्तिमा २० जना घाइते भएका दिल्ली प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडितहरु सुतिरहेका बेला विस्फोट र आगलागी भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए । एयर कन्डिसनरमा विस्फोट हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रासस

Link copied successfully