'दक्षिण सुडानमा जुलाईसम्‍म ७८ लाख मानिसहरूले खाद्य असुरक्षाको सामना गर्ने चेतावनी

बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण भोकमरी बढेको संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बताएका छन् ।

वैशाख १६, २०८३

रासस

'7.8 million people in South Sudan face food insecurity by July, warns UN'

रासस — दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसहरू चरम खाद्य असुरक्षाको अवस्थामा धकेलिने चेतावनी अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन् । 

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा  वर्गीकरण (आइपीसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । रिपोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिसहरु हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको देखाउँछ ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु  परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् । आईपीसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सीहरू, क्षेत्रीय साझेदारहरू र सहायता संस्थाहरूको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ । 

रासस

Link copied successfully