दुई पक्षबीच अविश्वास कायम रहेका बेला पाकिस्तानले त्यसलाई सहज बनाउने लगातार प्रयास गरिरहेको छ ।
काठमाडौँ — इरानका विदेशमन्त्री अब्बास अराग्ची र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिर्फबीच इस्लामावादमा भेटवार्ता भएको छ । एक पाकिस्तानी अधिकारीले अलजजिरा अरेबिकसँग यसको जानकारी दिएका हुन् ।
११ र १२ अप्रिलमा इस्लामावादमा भएको प्रत्यक्ष वार्ता असफल भएयता पाकिस्तानले दोस्रोपटक इरान–अमेरिकाबीच वार्ता गराउन लगातार प्रयास गरिरहेको छ ।
यसअघि इरानले प्रत्यक्ष वार्ता अस्विकार गर्दै पाकिस्तानमार्फत आफ्ना योजना राख्न सकिने बताएको थियो । अमेरिकाबाट जरेद कुस्नर र स्टिभ विट्कफले वार्ताको नेतृत्व गर्दैछन् ।
दुई पक्षबीच अविश्वास कायम रहेका बेला पाकिस्तानले त्यसलाई सहज बनाउने लगातार प्रयास गरिरहेको छ ।
दुबै पक्षले पहिलो चरणको प्रत्यक्ष वार्तामा थोरमात्रै असहमतिका कारण निष्कर्षमा पुग्न नसकेको बताउँदै आएका छन् ।
