अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम थप तीन हप्ताका लागि लम्ब्याउने घोषणा गरेका छन्।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम थप तीन हप्ताका लागि लम्ब्याउने घोषणा गरेका छन्।
ट्रुथ सोसलमा गरिएको एक पोस्टमा उनले इजरायली र लेबनानी अधिकारीबीच भएको बैठकपछि यो निर्णय लिइएको उल्लेख गरेका छन्।
बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि सहभागी थिए।
‘अमेरिका लेबनानसँग मिलेर काम गर्नेछ, जसमार्फत् उसले हेजबुल्लाहबाट आफ्नो रक्षा गर्नेछ,’ ट्रम्पले भनेका छन्।
त्यस्तै, ट्रम्पले आउने समयमा इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहू र लेबनानका राष्ट्रपति जोसेफ औनलाई स्वागत गर्ने पनि उल्लेख गरेका छन्।
उनले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्री आगामी हप्ता ह्वाइट हाउस आउने जानकारीसमेत दिएका छन्।
