सेभेजले अमेरिकामा जन्मका आधारमा नागरिकता पाउने कानुनको विरोध गर्दैे रंगभेदी रटान दिएका थिए ।
काठमाडौँ — रेडियो प्रस्तोता माइकल सेभेजले पोडकास्टमा व्यक्त गरेका शब्द सापटी लिएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन् ।
अमेरिकी प्रस्तोता सेभेजले पोडकास्टमा भारत, चीन र अन्य देशलाई ‘नर्कको प्वाल’ भनेका थिए । ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथमा पहिले ‘सेभेज नेशन’ नामक उक्त कार्यक्रम रिपोस्ट गरे । त्यसपछि कार्यक्रमको तीन पृष्ठ लामो ट्रान्सक्रिप्ट उतारेर जस्ताको त्यस्तै पोस्ट गरे ।
सेभेजले अमेरिकामा जन्मका आधारमा नागरिकता पाउने कानुनको विरोध गर्दैे रंगभेदी रटान दिएका थिए ।
भारत र चीनबाट मानिसहरु बच्चा जन्माउन अमेरिका आउने गरेको र बच्चा जन्मनासाथ अमेरिकी नागरिक हुने गरेको उनको आरोप थियो ।
‘एउटा शिशु यहाँ तत्कालै नागरिक बन्छ । त्यसपछि उनीहरुले आफ्नो सम्पूर्ण परिवार चीन वा भारतबाट वा धर्तीमा रहेका अन्य नर्कको प्वालबाट ल्याउँछन्,’ ट्रान्सक्रिप्टमा उल्लेख छ ।
भारतीय र चिनियाँलाई ल्यापटपसहितका ग्यांगस्टारको आरोप लगाइएको छ ।
