हर्मुजमा बेलायती जहाजमाथि इरानले गर्‍यो आक्रमण

‘हर्मुजमा इरानको वैध नियन्त्रण लागु गर्न गोली चलाइएको हो,’ फार्स न्युजले रिभोलुसनरी गार्ड्सलाई उद्रृत गर्दै लेखेको छ ।

वैशाख ९, २०८३

एपी

Iran attacks British ship in Hormuz

एपी — हर्मुजको जलघाँटीमा दुईवटा जहाजमा आक्रमण भएको बेलायती सेनाले जनाएको छ । 

एउटा जहाजमा भएको आक्रमणको जिम्मा इरानले लिएको छ । दोस्रो जहाजमा आक्रमण गर्नेको पहिचान हुन बाँकी रहेको बेलायती सेनाले जनाएको छ । 

इरानले आक्रमण गरेको कन्टेनर जहाजमा केही क्षति निम्तिएको छ । तर कोही घाइते भएका छैनन् । 

अर्को, जहाजमा कुनै क्षति नभएको बेलायतले जनाएको छ । उक्त जहाजमाथिको आक्रमणमा पनि इरानको संलग्नता हुनसक्ने आशंका गरेको छ । 

इरानी सेनाको चेतावनीलाई नटेरेपछि जहाजमा गोली चलाइएको रिभोलुशनरी गार्ड्सलाई उद्रृत गर्दै इरानको फार्स न्युजले जनाएको छ ।

‘हर्मुजमा इरानको वैध नियन्त्रण लागु गर्न गोली चलाइएको हो,’ फार्स न्युजले रिभोलुसनरी गार्ड्सलाई उद्रृत गर्दै लेखेको छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण गरेपछि इरानले हर्मुज जलघाँटीमा अवरोध गर्दै आएको छ । हर्मुज जलघाँटीमा आफ्नो सार्वभौमिकता स्थापित हुनुपर्ने इरानको माग छ । 

इरान–अमेरिकाबीच युद्धविरामको अवधि समाप्त हुने समय नजिकिदैं गर्दा जहाजमा आक्रमण भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अवधि लम्ब्याउने , तर हर्मुजमा अमेरिकाले गरेको नाकाबन्दी नखोल्ने बताएका थिए ।

इरानले हर्मुजमा अमेरिकी  नाकाबन्दी नखुलेसम्म वार्ताको टेबुलमा नबस्ने अडान लिएको छ । पाकिस्तानमा वार्ताको तयारी पनि चलिरहेको छ । तर, अहिलेसम्म दुबै पक्ष सहमत हुन सकेका छैनन् । 

एपी

Link copied successfully