हर्मुजको जलघाँटी खोल्न सीको आग्रह

फोनवार्तामा राजकुमार सलमानले द्वन्द्व समाधानका लागि साउदी अरेबिया प्रतिवद्ध रहेको बताएका थिए ।

वैशाख ७, २०८३

एपी

Xi urges opening of Strait of Hormuz

एपी — चिनियाँ राष्ट्रपति सी जिनपिङले हर्मुजको जलघाँटी खोल्न आग्रह गरेका छन् । सार्वजनिक रुपमा उनले हर्मुज पुनः सुचारु गर्न आग्रह गरेको यो पहिलोपटक हो । 

सोमबार साउदीका राजकुमार मोहम्मद बिन सलमानसँगको टेलिफोन कुराकानीमा उनले यस्तो धारणा राखेको चीनको सरकारी न्युज एजेन्सी सिनुवामा उल्लेख छ ।

‘तत्काल पूर्ण युद्धविराम’ तथा पश्चिम एसियामा शान्ति फर्काउने कुनै पनि प्रयासमा चीनले समर्थन गर्ने उनले बताए ।  

फोनवार्तामा राजकुमार सलमानले द्वन्द्व समाधानका लागि साउदी अरेबिया प्रतिवद्ध रहेको बताएका थिए । 

एपी

Link copied successfully