अमेरिकाको लुइजियानामा ८ बालबालिकाको गोली हानी हत्या, हत्यारा आफन्त

उनीहरू सबै १ देखि १४ वर्ष उमेर समूहका थिए। प्रहरीले यसलाई घरेलु विवादका कारण भएको बताएको छ।

वैशाख ७, २०८३

इकान्तिपुर डेस्क

8 children shot dead in Louisiana, USA, killer is relative

काठमाडौँ — अमेरिकाको लुइजियाना राज्यको श्रेवेपोर्ट सहरमा भएको गोलाबारीमा ८ बालबालिकाको मृत्यु भएको छ। उनीहरू सबै १ देखि १४ वर्ष उमेर समूहका थिए। प्रहरीले यसलाई घरेलु विवादका कारण भएको बताएको छ।

प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनामाथि गोली चलाएर फरार भएका थिए। पछि प्रहरी कारबाहीमा उनको मृत्यु भएको हो। प्रहरीले मृतकहरूको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन, तर केही बालबालिका ती आक्रमणकारीका नातेदार रहेको बताइएको छ।

श्रेवेपोर्टका मेयरका सञ्चार निर्देशक ली ऐन एभेन्सका अनुसार संदिग्ध आक्रमणकारी शमार एल्किन्स रहेको पहिचान खुलेको छ।

श्रेवेपोर्टका मेयर टाम आर्सेनोले यसलाई दुःखद घटना भन्दै यो सहरकै अहिलेसम्मको सबैभन्दा दुःखद घटना भएको बताएका छन्।

इकान्तिपुर

Link copied successfully