लेबनान र इजरायलबीच १० दिने युद्धविराम सुरू 

नेपाली समयअनुसार शुक्रबार बिहान २:४५ बजेदेखि युद्धविराम सुरु भएको हो ।

वैशाख ४, २०८३

कान्तिपुर संवाददाता

Ten-day ceasefire begins between Lebanon and Israel

काठमाडौँ — काठमाडौं : लेबनान र इजरायलबीच १० दिने युद्धविराम सुरु भएको छ । नेपाली समयअनुसार शुक्रबार बिहान २:४५ बजेदेखि युद्धविराम सुरु भएको हो । 

युद्धविराम सुरु हुन केही घण्टा अघिसम्म हिजबुल्लाह र इजरायलले एकअर्कालाई सीमा क्षेत्रमा आक्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहले युद्धविरामको राम्रोसँग पालना गर्ने अपेक्षा गरिएको बताएका छन् । अमेरिकी मध्यस्थतामा भएको युद्धविरामको घोषणा ट्रम्पले नै गरेका हुन् । यसलाई लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहूले स्वागत गरेका छन् ।

युद्धविराम सम्झौतामा हिजबुल्लाहलाई पनि समावेश गरिएको ट्रम्पले बताएका छन् । जसको अर्थ इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्न पाउने छैन । युद्धविराम अवधिभर इजरायली सेना दक्षिण लेबनानमा सुरक्षा क्षेत्रबाट १० किलोमिटर रहिरहने नेतान्याहुले बताएका छन् । 

कान्तिपुर

Link copied successfully