घाइते हुनेमा १० विद्यार्थी, चार शिक्षक , क्यान्टिनमा काम गर्ने कर्मचारी र एक प्रहरी अधिकारी छन् ।
काठमाडौँ — टर्कीको एक प्राविधिक विद्यालयमा एक पूर्व विद्यार्थीले गोली चलाउँदा कम्तिमा १६ जना घाइते भएका छन् । किशोरावस्थाका यी व्यक्ति अन्यमाथि गोली चलाएपछि आफैंलाई पनि गोली हानेको स्थानीय गभर्नर हसन सिल्दाकले बताए ।
घाइते हुनेमा १० विद्यार्थी, चार शिक्षक , क्यान्टिनमा काम गर्ने कर्मचारी र एक प्रहरी अधिकारी छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । यस आत्रमणको उद्देश्य अहिलेसम्म खुलेको छैन । घटनाबारे छानविन चलिरहेको अधिकारीहरुले बताएका छन् ।
एक प्रत्यक्षदर्शीले स्थानीय भिडियामा भनेका छन्, ‘यी बन्दूकधारी झन्डै १७–१८ वर्षका देखिन्थें । स्कुलको अगाडिको ढोकाबाट छिर्नासाथ उनले बन्दू तेर्साए । त्यसपछि दाँयाबायाँ प्रहार गर्न थाले । आफ्नो अगाडि आउने सबैलाई गोली हाने । सबैजना रोइरहेका थिए । ’
