हङ्गेरीमा १६ वर्षदेखि शासन गर्दै आएका ओर्बन आफ्नै पूर्वसहयोगीबाट पराजित

मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने संकेत देखिएको छ ।

चैत्र ३०, २०८२

रासस/एपी

Orban, who has ruled Hungary for 16 years, was defeated by his own former ally.

What you should know

बुडापेस्ट — हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आएका प्रधानमन्त्री भिक्टर ओर्बन पराजित भएका छन् । मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने संकेत देखिएको छ ।

ओर्बनका पूर्व सहयोगीसमेत रहेका पिटर मग्यारले भ्रष्टाचारविरुद्ध, सार्वजनिक सेवा सुधार र युरोपेली सङ्घ (इयु) तथा नाटोसँग सम्बन्ध पुनःस्थापनाको एजेन्डा अघि सार्दै ऐतिहासिक जित हासिल गरेका हुन् । प्रारम्भिक मतगणनामा उनको टिस्जा पार्टीले करिब ५३ प्रतिशत मत ल्याउँदा ओर्बनको फिडेज पार्टी ३७ प्रतिशतमा सीमित देखिएको छ । एक सय छ मध्ये ९४ निर्वाचन क्षेत्रमा अग्रता लिँदै मग्यार स्पष्ट विजेता बनेका छन्।

Orban, who has ruled Hungary for 16 years, was defeated by his own former ally.पराजय स्वीकार गर्दै ओर्बनले परिणामलाई ‘पीडादायी’ भनेका छन् र अब विपक्षबाट राष्ट्रको सेवा गर्ने बताए। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा चिनिन्थे, जसका कारण हङ्गेरीको विदेश नीति पनि लामो समयदेखि विवादमा थियो ।

मग्यारको विजयले इयुभित्रको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । ओर्बनमाथि विगतमा बारम्बार भिटो प्रयोग गरेर इयुका निर्णयहरू अवरुद्ध गर्दै आएको र रूससँग नजिकिँदै गएको आरोप लाग्दै आएको थियो । विशेषगरी युक्रेन युद्धका विषयमा उनको भूमिकाले युरोपेली नेताहरूलाई असहज बनाएको थियो ।

चुनावी परिणामपछि बुडापेस्टमा उत्साहपूर्ण वातावरण देखिएको छ । डेन्युब नदी किनारमा हजारौँ समर्थकहरू भेला भई विजय उत्सव मनाउँदा सहरका सडकहरूमा नाराबाजी र हर्षोल्लास फैलिएको थियो । 'आज सत्यले झुटमाथि जित हासिल गरेको छ', मग्यारले समर्थकहरूलाई सम्बोधन गर्दै भने, 'हामीले आफ्नो देशका लागि जिम्मेवारी बुझेका छौँ ।'

करिब ८० प्रतिशत मतदान भएको यस निर्वाचनलाई हङ्गेरीको कम्युनिस्टपछिको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ । यसले जनताको परिवर्तनप्रतिको आकांक्षा स्पष्ट देखाएको विश्लेषकहरूको भनाइ छ ।

Orban, who has ruled Hungary for 16 years, was defeated by his own former ally.ओर्बनको शासनकालमा मिडिया स्वतन्त्रता, अल्पसङ्ख्यक अधिकार र संस्थागत संरचनामाथि दबाब बढेको आरोप लाग्दै आएको थियो । साथै, सत्ता नजिकका व्यवसायिक समूहहरूलाई लाभ पुर्‍याइएको भन्ने आरोप पनि उनले अस्वीकार गर्दै आएका थिए।

अब मग्यारको नेतृत्वमा हङ्गेरी पुनः युरोपतर्फ फर्किने वा पुरानै विभाजित राजनीतिक धार कायम रहने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । उनले यसअघि नै यो चुनाव ‘पूर्व वा पश्चिमबीचको छनोट’ भएको बताएका छन्। 

रासस/एपी

Link copied successfully