२१ घण्टाको वार्तापछि जेडी भान्सले भने, ‘इरानसँग कुनै सहमति भएको छैन’ 

वार्तामा हर्मुजको जलघाँटी, इरानको आणविक कार्यक्रम र इरानमा युद्धको पूर्ण अन्त्यलगायत विषय समावेश रहेको भान्सले बताए ।

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

After 21 hours of talks, JD Vance said, 'No agreement with Iran'

काठमाडौँ — अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग कुनै पनि सहमति नभएको बताएका छन् । उनले २१ घण्टादेखि वार्ता जारी रहेपनि दुबैपक्ष सहमतिमा पुग्न सक्नु दुःखद् रहेको बताए । 

पाकिस्तानको इस्लामावादमा आयोजित वार्ताका दौरान पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

वार्तामा  हर्मुजको जलघाँटी, इरानको आणविक कार्यक्रम र इरानमा युद्धको पूर्ण अन्त्यलगायत विषय समावेश रहेको उनले बताए । भान्स इरानको आणविक कार्यक्रम ध्वस्त भइसकेको दाबी गरे । तर इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता व्यक्त गर्नु जरुरी रहेको बताए । 

‘हामीले त्यो अहिलेसम्म देखेका छैनौं । हामी उसले यस्तो प्रतिवद्धता व्यक्त गर्ने आशा गर्छौं,’ उनले भने । 

‘हामी यहाँ एकदमै सरल प्रस्ताव राखेर अमेरिका फर्कदैंछौं  । हेरौं, इरानले यसलाई स्विकार्छ कि स्विकार्दैन,’  उनले थपे,' तर अहिलेसम्म हाम्रा शर्तहरूमा हामीले इरानलाई सहमत गराउन सकेनौं ।'

त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्शल मुनीरलाई धन्यवाद् दिएका छन् । ‘वार्तामा जेसुकै कमजोरी भए पनि  पाकिस्तानीहरूले अद्भुत काम गरेका छन्,’ उनले भने ।

कान्तिपुर

Link copied successfully