इरानसँगको वार्ताका लागि इस्लामाबाद पुगे जेडी भान्स, यस्तो छ तयारी

वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन्।

चैत्र २८, २०८२

एजेन्सी

JD Vance reaches Islamabad for talks with Iran, here are the preparations

काठमाडौँ — पश्चिम एसियामा चर्किएको द्वन्द्वलाई मिलाउने ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता आजदेखि पाकिस्तानमा सुरु हुँदैछ।

वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल शनिबार बिहान इस्लामाबाद पुगिसकेको छ।

यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ गइसकेको छ।

एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन्। यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका छन्। दक्षिणी लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहनु र इरानले पूर्वसर्तहरू अघि सार्नुले पाकिस्तानले मध्यस्थता गरेको युद्धविरामलाई कमजोर बनाउने जोखिम देखिएको छ।

JD Vance reaches Islamabad for talks with Iran, here are the preparationsवार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन्। सुरक्षा निकायहरूले मुख्य मार्गहरू बन्द गरेका छन् भने सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ। यसले सहरमा कफ्र्यूजस्तो अवस्था सिर्जना गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले द्वन्द्व ‘कठिन चरण’ मा प्रवेश गरिरहेको बताउँदै अस्थायी युद्धविरामलाई स्थायी समाधानतर्फ रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरेका छन्।

वासिङ्टनबाट इस्लामाबादतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्सलाई शुभकामना दिँदै इरान सैन्य रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गरेका छन्।

भान्सले पनि वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्, तर आवश्यक परे कडा अडान अपनाइने चेतावनी दिएका छन्। (एजेन्सीको सहयोगमा)

एजेन्सी

Link copied successfully