यी हुन् वार्ताका लागि इरानले अमेरिकासामु राखेका १० प्रस्ताव

झन्डै ५ सातादेखि चलिरहेको युद्ध तत्कालका लागि रोकिएको छ । तर, १० बुँदे योजनामा सहमति नजुटेसम्म स्थायी रुपमा युद्ध अन्त्य नहुने इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले बताएको छ ।

चैत्र २५, २०८२

सिन्हवा

These are the 10 proposals Iran has put forward to the US for talks

काठमाडौँ — इरान र अमेरिकाबीच आगामी दुई साताका लागि युद्धविराम भएको छ । यसले झन्डै ५ सातादेखि चलिरहेको युद्ध तत्कालका लागि रोकिएको छ । तर, १० बुँदे योजनामा सहमति नजुटेसम्म स्थायी रूपमा युद्ध अन्त्य नहुने इरानको  सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही योजनाको जगमा अहिले युद्धविराम गरिएको बताएका छन् ।

तर इरान सहमतिमा नआए अहिलेभन्दा ठूलो आक्रमण गरिने चेतावनी उनले दिएका छन् । इरानको अर्ध–सरकारी मेहर समाचार एजेन्सीका अनुसार युद्धविरामको जग निर्माण गर्ने १० बुँदे योजना यस्तो छ :

१. इरानमाथि थप आक्रामक कार्यहरू नगर्ने अमेरिकी प्रतिबद्धता । 

२. हर्मुज जलघाँटीमा इरानको नियन्त्रण कायम । 

३. आणविक ऊर्जा सम्वद्र्धन गर्न पाउने इरानको अधिकार सुनिश्चित । 

४. सबै आधारभूत प्रतिबन्धहरू हटाउने ।

५. सबै सहायक प्रतिबन्धहरू हटाउने ।

६. इरानविरुद्ध संयुक्त राष्ट्र सुरक्षा परिषद्मा लगिएका सबै प्रस्तावहरु खारेज । 

७. इरानविरुद्धका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी बोर्ड अफ गभर्नरले गरेका सबै प्रस्तावहरु खारेज । 

८. युद्धमा भएको क्षतिका लागि इरानलाई क्षतिपूर्तिको भुक्तानी । 

९. पश्चिम एशिया क्षेत्रबाट अमेरिकी  सेनाको फिर्ती । 

१०. लेबनानसहित सबै मोर्चाहरूमा शत्रुता समाप्त गर्ने । 

सिन्हवा

Link copied successfully