कतारमा मिसाइल अवशेष खस्दा बालकसहित चार जना घाइते

कतारमा इरानी मिसाइललाई निस्तेज गरेको टुक्रा आवासीय घरमा खसेर एक कतारी बालकसहित चार जना घाइते भएको छन्।

चैत्र २५, २०८२

हाेम कार्की

Four people, including a child, injured when missile debris falls in Qatar

काठमाडौँ — कतारमा इरानी मिसाइललाई निस्तेज गरेको टुक्रा आवासीय घरमा खसेर एक कतारी बालकसहित चार जना घाइते भएको छन्।

कतारको आन्तरिक मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कतारको मुरख्खा  क्षेत्रमा निस्तेज गरिएका मिसाइलका टुक्रा खस्दा चार जना घाइते भएका छन। 

उनीहरूलाई उद्धार टोलीले तत्काल प्राथमिक उपचारपछि अस्पताल पठाइएको र उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ। घटनास्थलमा सीमित भौतिक क्षति मात्र भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, मन्त्रालयले सर्वसाधारणलाई जारी गरिएका सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। विशेषगरी, घटना भएका स्थानमा भीड नगर्न, नजिक नजान, भिडियो वा फोटो खिच्नबाट टाढा रहन र एम्बुलेन्स तथा सुरक्षाकर्मीलाई अवरोध नगर्न अनुरोध गरिएको छ।

त्यस्तै, अपरिचित वस्तु वा अवशेष नछुन र देखिएमा तुरुन्त ९९९ नम्बरमा जानकारी दिन पनि सर्वसाधारणलाई सचेत गराइएको छ।

मन्त्रालयले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अपुष्ट जानकारी नफैलाउन समेत आग्रह गरेको छ।

हाेम हाेम कान्तिपुरका संवाददाता हुन् । उनी श्रम तथा आप्रवासनका विषयमा रिपाेर्टिङ तथा टिप्पणी लेख्छन् । उनकाे श्रम आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully