रुसले गर्यो इरानमाथिको आक्रमणको निन्दा, युद्धविरामको आव्हान

सोमबार जारी गरिएको विज्ञप्तिमा आक्रमणको परिमाण र क्रूरता बढ्दै गएको उल्लेख छ ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Russia condemns attack on Iran, calls for ceasefire

काठमाडौँ — रुसले इरानविरुद्ध अमेरिका–इजरायलको ‘अवैध र अनावश्यक आक्रमण’ गरेको भन्दै रुसले निन्दा गरेको छ । रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै तत्काल युद्धविराम गर्न आव्हान गरेको हो । 

युद्धले अन्तर्राष्ट्रिय संकट बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । सोमबार जारी गरिएको विज्ञप्तिमा आक्रमणको परिमाण र क्रूरता बढ्दै गएको उल्लेख छ । सैनिकमात्रै नभएर नागरिक पूर्वाधारलाई पनि यस आक्रमणमा लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बुशेहर आणविक ऊर्जा केन्द्रमा बारम्बार आक्रमणहरू भएकोमा विशेष चिन्ता व्यक्त गरिएको छ । यस्तो आक्रमणले चेर्नोबिल महामारीभन्दा धेरै ठूलो रेडियोलोजिकल महामारी निम्त्याउने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । 

'द्वन्द्वले पहिले नै हजारौं नागरिकहरूको ज्यान लिइसकेको छ, जसमा महिला र बालबालिका पनि समावेश छन् ।  विद्यालय, अस्पताल र सांस्कृतिक सम्पदा स्थलहरू ध्वस्त भएका छन् । कुटनीतिक र कन्सुलर नियोगहरू आक्रमणमा परेका छन्, जुन भियना महासन्धिको उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले परिस्थिति द्रुत गतिमा बिग्रँदै गएको र नियन्त्रण बाहिर जाने जोखिममा रहेको जनाएको छ । त्यस्तै, पाकिस्तान, टर्की र चीनको मध्यस्थता प्रयासको स्वागत गरेको छ । 

कान्तिपुर

Link copied successfully