इरानमा दुई आन्दोलनकारीलाई फाँसी, इजरायल–अमेरिकाको जासुसी गरेको आरोप

जनवरी ८ र ९ मा विरोध प्रदर्शन उत्कर्षमा पुगेको थियो ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Two protesters executed in Iran, accused of spying for Israel-US

काठमाडौँ — इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई पुरुषलाई फाँसी दिएको छ ।

इरानी न्यायालयको ‘मिजान अनलाइन वेबसाइट’का अनुसार जनवरी सन् २०२६ मा भएको विरोध प्रदर्शनमा सहभागी भएका मोहमद–अमीन बिग्लारी र शाहिन वाहेदपरस्तलाई जासूसीको आरोपमा मृत्युदण्ड दिइएको हो । 

सर्वोच्च अदालतले आफ्नो फैसला पुनः पुष्टि गरेपछि फाँसी कार्यान्वयन गरिएको जनाइएको छ ।

विरोध प्रदर्शनहरू सुरुमा आर्थिक असन्तुष्टिका कारण थियो । तर चाँडै राष्ट्रव्यापी विरोधमा परिणत भए ।

जनवरी ८ र ९ मा विरोध प्रदर्शन उत्कर्षमा पुगेको थियो । इरानी अधिकारीहरूले ती विरोधहरू सुरुमा  शान्तिपूर्ण सुरु भएपनि विदेशले उक्साएर हिंसात्मक विद्रोहमा परिणत भएको दाबी गरेका छन् । आन्दोलनका क्रममा हत्या र तोडफोड भएको थियो ।

इरानले विगत केही दिनमा विरोध प्रदर्शन वा विपक्षी समूहसँग निकट धेरै व्यक्तिहरूलाई फाँसी दिएको छ । जसमा निषेधित पीपुल्स मुजाहिदिन (एमईके) का सदस्यहरू पनि छन् ।

इरानले देशभित्रको आन्दोलन नियन्‍त्रणमा लिएको छोटो समयमै इजरायल र  अमेरिकाले मिलेर आक्रमण गरेका थिए ।

२८ फेब्रुअरीमा युद्धको पहिलो दिन नै इरानी सर्वोच्च नेता अली खामेनेइ मारिएका थिए । त्यसता ठूलो संख्यामा राजनीतिक तथा सैन्य अधिकारी मारिएपनि इरानले लगातार अमेरिका-इजरायलसँग लडिरहेको छ । 

कान्तिपुर

Link copied successfully