अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। उनी लामो समयदेखि ट्रम्पकी सहयोगी र उनको प्रशासनकी कट्टर समर्थक थिइन्।
अमेरिकामा महान्यायाधिवक्तालाई कानुनसम्बन्धी देशको उच्च अधिकारी मानिन्छ।
ट्रम्पले ट्रुथ सोशल मिडियामा एक पोस्ट लेख्दै बोन्डीको प्रशंसा गर्दै उनी निजी क्षेत्रमा नयाँ भूमिकामा देखिने बताएका छन्।
पदबाट हटाइएकी बोन्डीले आफ्नो काम ब्लैन्चलाई सुम्पिनका लागि निरन्तर काम गर्ने बताउँदै उनले यो पद आफ्नो जीवनको सम्मान भएको बताएकी छिन्।
त्यस्तै, अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले ‘आर्मी चिफ अफ स्टाफ’ रेन्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाका ‘चिफ अफ स्टाफ’ तत्काल सेवानिवृत्त हुने जानकारी दिएका छन्। उनलाई सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए। ‘चिफ अफ स्टाफ’को कार्यकाल चार वर्षको हुन्छ।
यद्यपि, उनलाई किन राजीनामा दिन भनिएको हो भन्ने कारण भने खुलेको छैन।
