ईरानको आईआरजीसीलाई अर्जेन्टिनाद्वारा आतंकवादी संगठन घोषणा

अर्जिन्टिनाले यो कदम आईआरजीसीद्वारा हिजबुल्लाहजस्ता संगठनलाई समर्थन दिएको आरोपमा उठाएको हो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Argentina declares Iran's IRGC a terrorist organization

काठमाडौँ — अर्जेन्टिनाले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी)लाई आतंकवादी संगठन घोषणा गरेको छ । 

अर्जिन्टिनाको राष्ट्रपति कार्यालयद्वारा जारी बयानमा यसबारे जानकारी दिइएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार अर्जिन्टिनाले यो कदम आईआरजीसीद्वारा हिजबुल्लाहजस्ता संगठनलाई समर्थन दिएको आरोपमा उठाएको हो । 

साथै १९९४ मा ब्यूनस आयर्समा भएको आएमआईए बम धमाकालाई पनि उदृत गरिएको छ । उक्त बम आक्रमणमा ८५ जना मारिएका थिए ।

यो निर्णयपछि आईआरजीसीसँग सम्बन्धित व्यक्ति र संस्थाविरुद्ध वित्तीय प्रतिबन्द र कडा कारबाहीको प्रक्रिया अपनाइने बताइएको छ । 

कान्तिपुर

Link copied successfully