यसको नेतृत्व यूएनका वरिष्ठ लजिस्टिक्स अधिकारी जर्ज मोरेइरा दा सिल्वाले गरिरहेका छन् ।
काठमाडौँ — संयुक्त राष्ट्र संघले होर्मुजमा जहाजको सुरक्षित आवातजावतका लागि एक नयाँ टास्क फोर्स बनाएको छ ।
यसको नेतृत्व यूएनका वरिष्ठ लजिस्टिक्स अधिकारी जर्ज मोरेइरा दा सिल्वाले गरिरहेका छन् ।
यसको मुख्य उद्देश्य खाद्य (फर्टिलाइजर) र त्यससँग सम्बन्धित कच्चा पदार्थ बोक्ने जहाजलाई सुरक्षा दिनु रहेको बताइएको छ ।
न्यूयोर्कमा इरानका लागि यूएन राजदूत अली बहरेनीले इरान मानवीय सहायतासँग सम्बन्धित जहाजलाई आवातजावतका लागि सहयोग गर्ने कुरामा सहमति जनाएको बताएका छन् । यूएनका प्रवक्ता स्टीफन दुजारिकका अनुसार यदि यो पहल सफल भयो भने यसबाट कुटनीतिक समाधानका लागि विश्वास बढ्न सक्छ ।
यस टार्सफोर्समा यूएनसीटीएडी, इन्टरनेशनल मेरिटाइम अर्गनाइजेश (आईएओ) र इन्टरनेशनल च्याम्बर अफ कमर्स (आईसीसी) जस्ता संगठनका प्रतिनिधि सहभागी हुनेछन् ।
