जिबुटी तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

घटनामा ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले बिहीबार जनाएको छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Nine dead, 45 missing as migrant boat capsizes off Djibouti coast

काठमाडौँ — जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भएपछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु भएको ।

घटनामा ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले बिहीबार जनाएको छ । 

गत मार्च –२४ को राति जिबुटीको तटमा ३२० जना आप्रवासी यात्रुहरू बोकेको जहाज दुर्घटना भएको आइओएमले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ । 

बेपत्ता मानिसहरूको खोजी र उद्धार प्रयासहरू स्थानीय अधिकारीहरूसँग मिलेर गरिरहेको आइओएमले जनाएको छ । 

पछिल्लो त्रासदीपुर्ण घटना  जिबूटीको लाल सागर तटमा रिपोर्ट गरिएका धेरै घातक दुर्घटनाहरूमध्ये यो एक हो । द्वन्द्वग्रस्त यमन हुँदै मध्यपूर्व पुग्ने आशामा धेरै आप्रवासीहरूले डुङ्गाको खतरनाक यात्रा गर्ने गरेको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully